•  २२ बैशाख २०८१, शनिबार
  •  5:02:24 PM

यौन दुर्व्यवहारको आरोप लगाउने शर्मिला श्रेष्ठविरुद्ध कृष्ण कँडेलले दिए मुद्दा

- फाल्गुन ५, २०८० मा प्रकाशित


इटहरी । चर्चित लोक दोहोरी कार्यक्रम ‘इन्द्रेणी’का सञ्चालक कृष्ण कँडेलले कलाकार शर्मिला श्रेष्ठविरुद्ध अदालतमा मुद्दा दिएका छन्।

इन्द्रेणीबाट निकालिएको भनी आरोप लगाउने शर्मिलासहितलाई प्रतिवादी बनाएर कँडेलले शुक्रबार काठमाडौँ जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दर्ता गराएका हुन्।

पहिले इन्द्रेणीमा काम गर्ने शर्मिलासहितका ६ कलाकारले फेसबुक लाइभ र पत्रकार सम्मेलन गरेर कँडेलले श्रम शोषण गरेको आरोप लगाएका थिए। यस क्रममा शर्मिलाले इन्द्रेणी सञ्चालक कँडेलले ‘यौन दुर्व्यवहार’ गरेको गम्भीर आरोपसमेत लगाएकी थिइन्।

यस विषयमा कँडेलले शुक्रबार पत्रकार सम्मेलन गरी खण्डन पनि गरेका थिए।

Comments

सम्बन्धित खवर