•  २० बैशाख २०८१, बिहीबार
  •  6:17:48 AM

डिजेल, पेट्रोलको मूल्य बढ्यो , अब कति ?

- फाल्गुन ४, २०८० मा प्रकाशित


इटहरी । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले बिहीबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि गरेको हो ।पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु दुई रुपैयाँ वृद्धि भएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिनुभयो ।

निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ ।निगमले पहिलो, दोस्रो र तेस्रो वर्गका लागि पेट्रोल प्रतिलिटर क्रमशः रु १६९.५०, १७१ र १७२ तथा डिजेल÷मटिटेल क्रमशः १५७.५०, १५९ र १६० तोकेको छ ।इण्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर रु १.८३ र डिजेलमा रु १.५६ बढेर आएको निगमले जनाएको छ ।

Comments

सम्बन्धित खवर