•  २२ बैशाख २०८१, शनिबार
  •  4:22:52 PM

एलिनाका पूर्वप्रेमीसँग मिस पबीकाे प्रेम चर्चा , सुटुक्क खिचिएकाे भिडियाे कसरी भयाे भाइरल ?

- फाल्गुन २, २०८० मा प्रकाशित


इटहरी । टिकटकबाट चर्चामा आएकी मोडल मिस पबी र अष्ट्रेलियामा बस्दै आएका विष्णु सापकोटाको एक भिडियो भाइरल भएपछि दुईबीच प्रेम सम्बन्धको चर्चा सुरु भएको छ । सापकोटा गायिका एलिना चौहानका पूर्वप्रेमी हुन् । भिडियोमा यी दुईले एक गीतमा रिल्स बनाउँदै रमाइलो गरिरहेको देखिन्छ । मिस पबी नामले चर्चित पवित्रा साँकी यतिबेला अष्ट्रेलिया घुमघाममा व्यस्त छिन् । गत साता पोष्ट भएको सो भिडिओ अष्ट्रेलियामै खिचिएको हो ।

यसबीच, मिस पबीले सोमबार फेसबुकबाट यो चर्चाबारे प्रष्टीकरण दिएकी छन् । उनले आफ्नो स्पष्टीकरणमा आफू बुवा भेट्न र एक चलचित्र छायांकनको लागि अष्ट्रेलियाको सिड्नीमा रहेको बताएकी छन् । सोही सिलसिलामा विष्णु सापकोटा लगायतको टीमसँग भेट भएको, बिजनेस प्रमोसनको भिडिओ बनाउन त्यहाँ बोलाएको र भिडिओ खिचिएको बताएकी छन् ।

विष्णुको केही महिना अघिमात्र गायिका एलिना चौहानसँग ब्रेकअप भएको थियो । ब्रेकअप हुनेबित्तिकै अर्को अफेयर सुरू गरेको भन्दै धेरैले उनीहरूलाई नकारात्मक टिप्पणी गरिरहेका छन् । पबि यतिबेला अष्ट्रेलिया घुमघाममा छिन् । उनले चलचित्र ‘राजमहल’ बाट चलचित्रमा डेब्यू गर्न लागेकी हुन् । सोही चलचित्रको छायांकनका लागि उनी अष्ट्रेलिया पुगेकी हुन् । विष्णु पनि अष्ट्रेलिया नै बस्दै आएका छन् ।

Comments

सम्बन्धित खवर