झापामा आठ महिने बालककाे भुइमा पछारेर हत्या : आमा र अर्का पुरुष पक्राउ
- फाल्गुन १, २०८० मा प्रकाशित
झापा । झापामा आठ महिनाका बालकको हत्या भएको छ।हत्या आरोपमा दमक नगरपालिका-३ बेलडाँगी भुटानी शिविर सेक्टर बी ४ हट नम्बर ४३२ बस्ने ५० वर्षीय पञ्चवीर घिसिङलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।
उनकै घरमा आश्रय लिएर बसेकी २५ वर्षीया महिलाको छोरा आठ महिनाको एरित ओलीलाई घिसिङले पछारेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
पछार्दा तत्काल बेहोस भएका ती बालकको दमक अस्पताल हुँदै किओच बाल अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो।बालककी आमालाई समेत आवश्यक अनुसन्धान तथा सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ।
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
-
ताजा बैशाख १८, २०८१एमालेको कान्छो सांसद बनेर पूर्णकालीन राजनीतिमा सुहाङको शानदार ‘इन्ट्री’
Comments