•  २४ बैशाख २०८१, सोमबार
  •  7:41:16 AM

कोशीमा सत्ता गठबन्धनमा तीब्र असन्तुष्टि, पूर्व मुख्यमन्त्री राई शपथमा गएनन्

- माघ २७, २०८० मा प्रकाशित


इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज (शुक्रबार) गरेको मन्त्रीपरिषद विस्तारप्रति सत्ता गठबन्धनकै अर्को घटक नेकपा एकीकृत समाजवादीले गम्भीर असन्तोष प्रकट गरेको छ ।

प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईले मन्त्रिपरिषद विस्तारका क्रममा मुख्यमन्त्रीले सहमति उल्लंघन गरेको बताएका छन् । ‘मन्त्रीपरिषद विस्तारका क्रममा मुख्यमन्त्रीले गठबन्धनभित्र भएको सहमति उल्लघन गर्नु भएको छ’, पूर्व मुख्यमन्त्री राईले भने, ‘यो गलत छ ।’ सोही कारण आफू सपथ समारोहमा अनुपस्थित रहेको राईको भनाइ छ ।

मुख्यमन्त्री कार्कीले गठबन्धन दलका नेताहरुलाई सुविधा दिने र जिससहरुको अधिकार खोस्नेगरी ल्याएको अध्यादेशको पनि पूर्व मुख्यमन्त्री राईले विरोध गरेका छन् । ‘त्यो अध्यादेश पनि विना सल्लाह ल्याएर मुख्यमन्त्रीले गठबन्धनको मर्म विपरित काम गर्नुभयो’ राईले थपे, ‘यो गल्ती तुरुन्तै सच्चाउन आग्रह गर्दछौं । गल्ती नसच्चायाए विकल्प खोज्न तयार रहेको जानकारी दिन्छौं । एउटा मन्त्रीका लागि सरकारमा टाँसिरहन कुनै जरुरी छैन ।’

मुख्यमन्त्रीले आज प्रदेश मन्त्रीपरिषद सदस्य विस्तार गरेर संख्या १० पुर्‍याएका छन् । मन्त्रीपरिषदमा काँग्रेसबाट मुख्यमन्त्रीसहित तीन मन्त्री र दुई राज्यमन्त्री, माओवादीबाट तीन मन्त्री र एकीकृत समाजवादीबाट एक जना मन्त्री भएका छन् । गठबन्धनकै जसपा अहिलेसम्म मन्त्रीमण्डलमा सहभागी छैन ।

Comments

सम्बन्धित खवर