नेपालले आज क्यानडाविरुद्ध दोस्रो खेल खेल्दै, श्रृंखलामा ‘कब्जा’ सुनिश्चित गर्ने लक्ष्य
- माघ २७, २०८० मा प्रकाशित
इटहरी । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (शनिबार) क्यानाडाविरुद्धको एक दिवसीय सिरिजको दोस्रो खेल खेल्दै छ । यो खेल त्रिवि मैदानमा बिहान ९ः१५ बजेदेखि शुरु हुँदैछ । यसअघि विहीबार सम्पन्न श्रंखला (सिरिज) को पहिलो खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गर्दै सिरिजमा १–० ले अगाडि रहेको छ ।
नेपालले यो खेल जितेर सिरिजमा आफ्नो कब्जा सुनिश्चित गर्न चाहने छ भने क्यानडाले यो खेल जितेर सिरिजमा कमब्याक गर्न चाहने छ । नेपालले सिरिजको तेस्रो खेल १२ फेब्रुअरी अर्थात माघ २९ गते हुनेछ । क्यानडाविरुद्धको सिरिजका लागि रोहित पौडेलको कप्तानीमा क्यानले १५ सदस्यीय टिम खेलिरहेको छ । क्यानडाविरुद्ध रिजन ढकाल र सूर्य तामाङले डेभ्यु गरेका छन् । यस सिरिजमा करण केसी, दिपेन्द्र सिंह ऐरी, गुलशन झा लगायतलाई भने क्यानाडाविरुद्ध आराम दिइएको छ ।
क्यानडाविरुद्ध खेल्ने टिममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भिम सार्की, आरिफ सेख, पवन सराफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सुर्य तामाङ, ललित राजबंशी, आकाश चन्द र अनिल शाह रहेका छन् । सन् २०१९ मा एक दिवसीय मान्यता गुमाएको क्यानडाले २०२३ क्रिकेट विश्वकप क्वालिफायर प्लेअफमा पपुवा न्यूगिनीलाई पराजित गर्दै ४ वर्षका लागि एकदिवसीय मान्यता पुनः प्राप्त गरेको हो । त्यस्तै क्यानडाले आईसीसी टी–२० विश्वकप अमेरिका क्षेत्र छनोटको विजेताको रूपमा पहिलो पटक टी–२० विश्वकपमा समेत आफ्नो स्थान सुरक्षित गरेको छ ।
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१Ставки в Спорт: Лучшие Коэффициенты На Сегодня, сделать Онлайн Ставк
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
Comments