•  २२ बैशाख २०८१, शनिबार
  •  3:35:25 PM

कोशी सरकार र पहिचान पक्षधरबीच आज पनि बार्ता

- माघ २६, २०८० मा प्रकाशित


इटहरी । कोशी सरकार र प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिबीच आज (शुक्रबार) पनि वार्ता हुने भएको छ । प्रदेशको नामाकरणपछि असन्तुष्टी जनाउँदै आन्दोलनरत संयुक्त संघर्ष समितिबीच आज पनि बार्ता हुन लागेको हो ।

असन्तुष्ट वार्ता टोली र कोशी सरकारको वार्ता टोलीबीच हिजोबाट वार्ता शुरु भएको हो । हिजोको वार्तामा सरकारी वार्ता टोली र प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिले बनाएको वार्ता टोलीका बीचमा परिचय तथा केही औपचारिक कुराकानी भएको थियो ।

वार्तामा प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिको तर्फबाट बनेको वार्ता समितिले आफ्नो एजेण्डा प्रस्तुत गरेको थियो । वार्तामा सहभागी पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेतीले वार्ता सकारात्मक रूपमा अगाडि बढेको बताएका थिए ।

Comments

सम्बन्धित खवर