•  २३ बैशाख २०८१, आईतवार
  •  7:31:57 PM

इटहरीमा ९ करोड बढीकाे लगानी सहित बन्दैछ तिनतले अत्याधुनिक बसपार्क : समयमै काम सक्न मेयर हेमकर्ण पौडेलको निर्देशन

- माघ २३, २०८० मा प्रकाशित


इटहरी । पूर्वकै केन्द्रमा पर्ने इटहरीमा सवारी साधन पार्किङ प्रमुख समस्या बनेपछि बसपार्कलाई व्यवस्थित गरिने भएको छ। इटहरीको पुरानो बसपार्क भएको ठाउँमा ठेक्का लागेर निर्माणको काम सुरु भएको हो ।आज इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले भवनको शिलान्यास गर्दै समयमै निर्माण सक्न निर्माण कम्पनीलाई निर्देशन समेत दिएका छन ।

भवन निर्माण भए सँगै अत्याधुनिक र सुबिधा सम्पन्न हुने नगर प्रमुख पौडेलको भनाई छ । शिलान्यास कार्यक्रममा उप प्रमुख संगिता चौधरी, इटहरी ९ का वडा अध्यक्ष जितेन थापा, उपमहानगरका प्रवत्ता दिवस पोखरेल लगायतको उपस्थित रहेको थियो ।श्री अर्थ/हाम्रो/श्रीमान हेटौंडा-६,मकवानपुरले ९ करोड ४८ लाख ८३ हजार ५ सय ५६ रुपैयाँमा ठेक्का पारेर निर्माण सुरु भएको हो ।

इटहरी उपमहानगरपालिकाले नगर विकास कोषसँग ऋण लिएर व्यवस्थित बसपार्क बनाउन लागिएको हो । झन्डै दुई दसकअघि निर्माण भएको बसपार्क अव्यास्थित भएको कारण नमुना बस पार्क निर्माणको काम सुरु भएको पौडेलको भनाई छ ।

अर्कातिर पछिल्लो समय इटहरीको चौरास्त चोकदेखि पाँच सय मिटर आसपास पुरै उपमहानगरपालिकाकै अगुवाईंमा सवारी साधन हटाएपछि प्रायः यात्रुबाहक सवारी साधन बसपार्क नै गएपनि व्यवस्थित नभएको बेला उपमहानगरपालिकाले महत्वपूर्ण योजना अघि सारेर दुर्त गरिमा काम सुरु भएको मेयर पौडेलको भनाई छ ।

नगर विकास कोष काठमाडौंले ७० प्रतिशत र इटहरी उपमहानगरपालिकाको ३० प्रतिशत लगानी रहनेछ। उपमहानगरपालिका इन्जिनियर जीवन घिमिरेका अनुसार एक बिघा क्षेत्रफलमा फैलिने बसपार्कको तल्लो तलामा टिकट काउन्टर, सोधपुछ कक्ष, प्रतिक्षालय, सभाहल, रेष्टुरेन्टसहितको हुनेछ। १८ महिनाभित्र बस पार्क पूरा हुनेछ।

५० वटा बस अट्ने क्षमताको हुने उपमहानगरपालिका कार्यालयले जनाएको छ। बसपार्कमा ढल व्यवस्थापन र ड्रेन सहितको सुविधा हुनेछ। इटहरीका मेयर पौडेलका अनुसार अब बसपार्क व्यवस्थित गर्दा आम्दानीमुखी बसपार्क हुनेछ। इटहरी पूर्वकै व्यापारिक ‘हब’ समेत बन्दै गएकाले पनि यहाँ सामान खरिद–बिक्री गर्न आउनेको चाप बढ्दो छ। यहाँ काठमाडौंपछि भव्य, व्यवस्थित र आधुनिक बजार बनाउने सोचले एकपछि अर्को सपिङ सेन्टर निर्माण भइरहेका छन्। तर, व्यवस्थित बसपार्क वा पार्किङ स्थलको समस्या छ।

Comments

सम्बन्धित खवर