•  २२ बैशाख २०८१, शनिबार
  •  10:58:28 PM

धनकुटाकी मनमायाले ७३ वर्षमा पाइन नेपाली नागरिकता

- माघ २१, २०८० मा प्रकाशित


धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका १ कागुनेकी शारिरिक रुपमा अशक्त मनमाया लिम्बूले ७३ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरेकी छन् ।बोल्न नसक्ने र प्यारालाइसिस भएकी उनले नागरिकता नबनेकै कारण सामाजिक सुरक्षा भत्ता र स्वास्थ्य विमाको सुविधा पनि नपाएको बेला वडाध्यक्ष गोविन्द लिम्बूको अगुवाइमा नागरिकता प्राप्त गरेकी हुन् ।

वडाध्यक्ष लिम्बू, वडासचिव चन्द्रप्रकाश सुवेदी र भदैनी बुहारीले उनलाई एम्बुलेन्समा राखेर नागरिकताको लागि जिल्ला प्रशासन कार्यालय धनकुटामा ल्याएका थिए । तेस्रो प्रयासमा मनमायाले नागरिकता पाउँदा खुसी लागेको वडाध्यक्ष लिम्बूले बताए । नागरिकताका लागि तीनपटक जिल्ला प्रशासन कार्यालय धाउनु परेको उनले बताए ।

गत मंसिर ८ गते बसेको वडा समितिको बैठकले नागरिकताविहीनलाई नागरिक दिलाउन सर्भे गर्ने निर्णय गरेको थियो । सर्भेका क्रममा मनमायाले नागरिकता नपाएको खुलेको थियो । वडासचिव सुवेदीले उनको घरमै पुगेर सबै कागजपत्र बनाइ दिएका थिए ।नागरिकता बनेपछि मनमायालाई घरैसम्म एम्बुलेन्सबाट पुर्‍याउने प्रबन्ध गरिएको वडासचिव सुवेदीले बताए ।

पटक–पटक टोली जाँदा पनि उनको शारीरिक र आर्थिक अवस्था कमजोर भएका कारण नागरिकता बन्न सकेको थिएन ।प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले वडा कार्यालयबाट आएको सर्जिमिन मुचुल्का र सिफारिसमा भएका विवरणमा केही फरक देखिएकाले नागरिकता प्रदान गर्न ढिलाइ भएको बताए । अशक्त रहेकी उनलेकागजपत्रमा ल्याप्चेसमेत लगाउन सकेकी थिइनन् । भदैनी बुहारी पवित्रा लिम्बूले उनको हात समाएर ल्याप्चे लगाइदिएकी थिइन् । मनमायाँलाई भदा पदमबहादुर लिम्बूले पालनपोषण गरिरहेका छन् ।

Comments

सम्बन्धित खवर