यू–१९ विश्वकप : आज नेपालले भारतको सामना गर्दै
- माघ १९, २०८० मा प्रकाशित
इटहरी । जारी यू–१९ क्रिकेट विश्वकपको सुपरसिक्स अन्तर्गत आज (शुक्रबार) नेपालले भारतसँग खेल्दैछ । नेपालले यसअघि सुपर सिक्स अन्तर्गतको खेलमा बंगलादेशसँग ५ विकेटको हार बेहोरेको थियो । सुपर सिक्सको पहिलो खेलमा भारतले पहिलो खेलमा न्यूजिल्याण्डलाई पराजित गरेको थियो ।
भारत प्रतियोगिताको सेमिफाइनल नजिक रहेको छ । भारतसँगै सेमिफाइनलको दौडमा समूह १ बाट पाकिस्तान र बंगलादेश रहेका छन् । त्यस्तै नेपाल भने प्रतियोगिताबाट यसअघि नै बाहिरिएको थियो । सुपर सिक्सको समूह १ बाट नेपालसहित न्यूजिल्याण्ड र आयरल्याण्ड सेमिफाइनलको दौडबाट बाहिरिएका छन् ।
नेपालले समूह चरणमा अफगानिस्तानलाई पराजित गरेर २ अंक हासिल गर्दै सुपर सिक्समा पुगे पनि अफगानिस्तान सुपरसिक्समा नरहेकाले सो २ अंक नेपालको सुपर सिक्समा नजोडिदा नेपाल अंकविहन भएको हो । आजको खेलपछि नेपालको विश्वकप यात्रा सकिने छ र स्वदेश फर्किने छ ।
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१Ставки в Спорт: Лучшие Коэффициенты На Сегодня, сделать Онлайн Ставк
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
Comments