•  ३ जेष्ठ २०८१, बिहीबार
  •  8:11:32 PM

झापामा १५ वर्षीया किशोरीलाई होटलमा लगेर बलात्कार गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ

- माघ १६, २०८० मा प्रकाशित


झापा । झापाकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा मोरङका १९ वर्षीय युवक पक्राउ परेका छन्। मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ८ का १९ वर्षीय आयुष धिमाललाई किशोरी बलात्कारको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

गएको आइतबार राति उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले पक्राउ गरेको हो। उनले गएको शनिबार राति ती किशोरीलाई झापाको मेचिनगर नगरपालिका १२ चारआलीस्थित ‘हट स्मोक क्याफे’ मा लगेर बलात्कार गरेको उजुरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

किशोरीको स्वास्थ्य परीक्षण र घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Comments

सम्बन्धित खवर