•  २३ बैशाख २०८१, आईतवार
  •  12:16:25 AM

कार किनेर पुजै नगरी घुम्न निस्के यि ५ साथी , चढेकाे २ घण्टामै नदीमा खसेर चार जनाको मृत्यु

- माघ ११, २०८० मा प्रकाशित


एजेन्सी । उत्तर प्रदेशको बिजनौरमा एउटा कार नियन्त्रण बाहिर गएर रामगंगा ब्यारेजमा खसेको छ । गाडीमा पाँच जना सवार थिए । जसमध्ये चार जनाको मृत्यु भएको छ । एक व्यक्ति कारको सिसा तोडेर बाहिर निस्किए जसले उनको ज्यान जोगियो । एउटै गाउँका चार युवाको मृत्युले इलाकामा खैलाबैला मच्चिएको छ ।

कुहिरोका कारण वागन आर कार नियन्त्रण बाहिर गएर रामगंगा ब्यारेजमा खसेको बताइएको छ । झ्याल नखुलेपछि पानीमा डुबेर चार युवाको मृत्यु भएको छ । त्यही क्रममा कारमा सवार एक युवक सिसा तोडेर बाहिर निस्केका थिए । उनी कारको माथि उभिएर चिच्याउन थाले, जुन सुनेपछि स्थानीयले दुर्घटना भएको थाहा पाए ।

घटना शेरकोट र अफजलगढ सीमामा रहेको रामगंगा ब्यारेजको हो । जहाँ राति अबेर एउटा कार ब्यारेजमा खसेको थियो । इलाका प्रहरी अधिकृत अफजलगढ अर्चना सिंहका अनुसार शेरकोटको नूरपुर छिपरी गाउँका खुर्सिद (३५), मारुफ (१९), फैसल (२१), रसिद (२०) र सिकन्दर (२६) प्रदर्शनी हेर्न गएका थिए ।

राति बाक्लो हुस्सुका कारण फर्कने क्रममा उनीहरूको कार अनियन्त्रित भई ब्यारेजमा खसेको थियो । खुर्शीदले गाडी चलाइरहेका थिए । अगाडि सिकन्दर बसेका थिए । बाँकी तीन जना पछाडि बसेका थिए । कार ब्यारेजको रेलिङ फुटाएर ३० फिट पानीमा खसेको थियो ।

कारको झ्याल नखुलेका कारण चारजना पानीमा डुबेका थिए भने सिकन्दर कुनै न कुनै रूपमा बाहिर निस्केका थिए । सिकन्दर र मारुफ दुवै साख्खै दाजुभाइ हुन्। दुर्घटना भएको कार १० दिनअघि मात्रै किनेको हो । दुर्घटनामा चार युवाको मृत्यु भएपछि गाउँमा शोक छाएको छ । अहिले प्रहरीले शवलाई आफ्नो नियन्त्रणमा लिएर पोष्टमार्टमका लागि पठाएको छ । साथै कारलाई क्रेनको सहायताले बाहिर निकालिएको छ ।

Comments

सम्बन्धित खवर