•  २४ बैशाख २०८१, सोमबार
  •  11:02:54 AM

इटहरी सहित काेशीका तिन स्थानमा बन्याे बिद्युतीय सवारी चार्जिङ स्टेसन,मुख्यमन्त्री कार्कीले गरे उदघाटन

- माघ ८, २०८० मा प्रकाशित


इटहरी । कोसी प्रदेश सरकारले निर्माण गरेका विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा आएका छन् ।खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले विराटनगर, इटहरी र झापाको सुरुंगामा तीनवटा चार्जिङ स्टेसन निर्माण गरेको हो । आइतबार कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चार्जिङ स्टेसनकाे उ्दघाटन गरेसंगै सञ्चालन भएका हुन ।

मन्त्रालयका अनुसार तीन ठाउँमा एक करोड १४ लाखको लागतमा चार्जिङ स्टेसन निर्माण गरिएको हो । त्यहाँ सर्वसाधारणले कुनै झन्झटबिना नै सवारी साधन चार्ज गर्न सक्ने बताइएको छ । ती स्टेसनमा एकैपटक दुई सवारी साधन चार्ज गर्न मिल्छ ।

विराटनगरमा सिँचाइ कार्यालय परिसरमा स्टेसन निर्माण गरिएको छ । मुख्यमन्त्री कार्कीले राष्ट्रको कुल आम्दानीको २० प्रतिशत इन्धन खरिदमा खर्च गर्नुपर्ने बाध्यताको रहेको भन्दै व्यापार घाटा घटाउनुको विकल्प नभएको बताए ।

Comments

सम्बन्धित खवर