•  २४ बैशाख २०८१, सोमबार
  •  7:44:42 AM

संखुवासभामा रुखले किच्दा महिलाको मृत्यु

- माघ ७, २०८० मा प्रकाशित


इटहरी । संखुवासभामा रुखले किचेर एक महिलाको मृत्यु भएको छ । खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा रुखले किचेर स्थानीय ६२ वर्षीया दिलकुमारी घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

शनिबार घर नजिकैको जंगलमा दाउरा काट्न गएकी घिमिरेलाई दाउरा काट्ने क्रममा रुखले किच्दा घटनास्थलमै मृत्यु भएको हो । उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।

Comments

सम्बन्धित खवर