•  २३ बैशाख २०८१, आईतवार
  •  10:27:25 PM

पाकिस्तानमा इरानको हवाई हमला, २ बालबालिकाको मृत्यु

- माघ ३, २०८० मा प्रकाशित


एजेन्सी । इरानले पाकिस्तानको बलुचिस्तानमा हवाई हमला गरेको छ । आतंकवादी संगठन जैश अल अदललाई लक्षित गरी मिसाइल आक्रमण गरेको इरानले जनाएको छ ।आक्रमणबाट दुई बालबालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

इरानको सरकारी समाचार एजेन्सी आईआरएनएले पाकिस्तानमा मिसाइल र ड्रोनमार्फत् हवाई हमला गरेको समाचार सार्वजनिक गरेको थियो । तर पछि उसले त्यो समाचार हटाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

सन् २०१२ मा स्थापना भएको यो संगठनले इरानको सीमा क्षेत्र मा आक्रमण गर्दै आएको छ । र, संगठनका नेताहरु पाकिस्तानमा बस्ने गरेको दाबी इरानको छ ।

Comments

सम्बन्धित खवर