•  २४ बैशाख २०८१, सोमबार
  •  9:25:45 AM

सुनसरीबाट चोरी-डाँका मुद्दाका फरार तीन प्रतिवादी पक्राउ

- पुष २५, २०८० मा प्रकाशित


इटहरी । सुनसरीमा चोरी तथा डाँका मुद्दामा सजाय पाएका फरारमध्य तीन जना प्रतिवादी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दुहवीले दुहवी नगरपालिका १० बुद्धचौका प्रमोदकुमार मण्डल, दुहवी २ वीरगाउँका ४४ वर्षीय उमेश उराँव र बुद्धलाल उराँव पक्राउ परेका हुन् ।

प्रहरीले दुहवी नगरपालिका-२ वीरगाउँबाट ५ वर्ष कैद भएका डाँका मुद्दाका प्रतिवादीहरूलाई अदालतको फैसला कार्यान्वयनको लागि सुनसरी जिल्ला अदालतमा उपस्थित गराइएकोमा प्रतिवादीहरूलाई झुम्का कारागार पठाएको जनाएको छ ।

सुनसरी जिल्ला अदालतबाट फरार घोषित तीन महिना कैद र सात हजार जरिवाना हुने फैसला भई फरार रहेका चोरी मुद्दाका फरार प्रतिवादी प्रमोद कुमार मण्डल सहित तीनै जनालाई घरैबाट पक्राउ गरेको हो ।

Comments

सम्बन्धित खवर