•  २० बैशाख २०८१, बिहीबार
  •  10:47:20 AM

इलाममा बाबुले छुरा प्रहार गरी गरे १८ वर्षीय छोराको हत्या

- पुष २४, २०८० मा प्रकाशित


इलाम । इलामको माई नगरपालिकामा गए राति बाबुले छोराको हत्या गरेका छन् । माई नगरपालिका–६ को बिहीबारे सोमबारे नजिकैका दिलकुमार राईले छोरा १८ वर्षे जीवनको हत्या गरेका हुन् । जीवन स्थानीय भगवती माविमा कक्षा ११ मा अध्ययरत थिए ।

मदिराका कारण भएको घरायसी विवादमा दिलकुमारले छोराको पेटमा चुप्पी (छुरा) प्रहार गरेका थिए । गम्भीर घाइते जीवनलाई तत्काल झापाको बीएन्डसी अस्पतालमा लगिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको स्थानीयले जानकारी दिए । ३७ वर्षे दिलकुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Comments

सम्बन्धित खवर