•  २० बैशाख २०८१, बिहीबार
  •  4:02:35 PM

जुनै वेला पनि पक्राउ पर्न सक्छन दिल्लीका मुख्यमन्त्री केजरीवाल : घर बाहिर तैनाथ गरीयाे बाक्लाे सुरक्षाकर्मी

- पुष २०, २०८० मा प्रकाशित


एजेन्सी । भारतको राजधानी समेत रहेको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको निवास बाहिर बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
प्रवर्तन निर्देशनालय (इडी) ले भ्रष्टाचारका सम्बन्धमा बयानका लागि उपस्थित हुन मुख्यमन्त्री केजरीवाललाई समन जारी गरेको थियो । तर लगातार समन जारी हुँदासमेत केजरीवालले बेवास्ता गरेपछि पछिल्लो घटनाक्रम विकसित भएको हो ।

मुख्यमन्त्री केजरीवाल दिल्लीको सत्तारुढ दल आम आदमी पार्टीका मुख्य नेतासमेत हुन् । बुधबार रातिदेखि नै आम आदमी पार्टीका नेता तथा कार्यकर्ताहरुले केजरीवाललाई गिरफ्तार गर्न सक्ने आशंका प्रकट गर्दै आएका थिए ।

दिल्ली सरकारका मन्त्री आतिशी र सौरभ भारद्वाजले राति अबेर गरेको ट्वीटमा इडीले केजरीवालको घरमा छापा मार्न सक्ने उल्लेख थियो । केजरीवालले इडीको तेस्रो समनलाई पनि बेवास्ता गरेपछि उनीहरुले यस्तो आशंका प्रकट गरेका थिए ।

मदिरा घोटाला प्रकरणमा छानबिनका लागि इडीले यसअघि २ नोभेम्बर र २१ डिसेम्बरमा समन जारी गरेको थियो । तेस्रो समनमा उनलाई गत बुधबार पेस हुन भनिएको थियो । तर मुख्यमन्त्री केजरीवाल इडीमा उपस्थित भएनन् । बरु उनले पत्रमार्फत इडीलाई लिखित प्रश्न पठाउन भनेका थिए ।

Comments

सम्बन्धित खवर