•  २० बैशाख २०८१, बिहीबार
  •  7:10:50 AM

सुलेमानीको चिहान नजिक विष्फोट : मृतकको संख्या एक सय नाघ्यो

- पुष १९, २०८० मा प्रकाशित


काठमाडौँ । इरानमा लगातार दुई वटा बम विष्फोट हुँदा ज्यान गुमाउनेको संख्या एक भन्दा बढी पुगेको छ । सन् २०२० को जनवरी ३ मा बग्दानमा ड्रोन आक्रमणमा मारिएका सैनिक जनरल कासिम सुलेमानीको सम्झनामा आयोजना गरिएको कार्यक्रमलाई लक्षित गरेर विष्फोट भएको थियो ।

कार्यक्रम सुलेमानीको कब्रस्तान (चिहान) नजिक भएको हो । घटनामा २ सय बढी घाइते भएका छन् । यद्यपी विष्फोटको कारणबारे भने केही खुल्न सकेको छैन । घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ । शीर्ष इरानी जनरल कासिम सुलेमानी बगदाद एयरपोर्टमा अमेरिकी हवाई आक्रमणमा मारिएका थिए ।

उनैको सम्झनामा बुधबार एक कार्यक्रमको आयोजना गरिएको हो । स्थानीय सञ्चारमाध्यमका अनुसार पहिलो विष्फोट साहेब अल जमान मस्जिद नजिकै भएको थियो । त्यसको केही समयपछि दोस्रो विष्फोट पनि भयो । विष्फोटको आवाज केही किलोमिटर टाढासम्म सुनिएको थियो । घटनास्थलमा बाक्लो धुवाँको मुस्लो देखिएको थियो । केही बेरमै उक्त क्षेत्र मृतक र घाइतेहरूले ढाकेको थियो । एजेन्सी

Comments

सम्बन्धित खवर