•  २० बैशाख २०८१, बिहीबार
  •  11:06:36 AM

इजरायली हमलामा मारिए प्यालेस्टाइनका पूर्वमन्त्री

- पुष १६, २०८० मा प्रकाशित


एजेन्सी । इजरायली हमलामा प्यालेस्टाइनका एक पूर्व मन्त्री मारिएका छन् । प्यालेस्टाइनी अथोरिटीका एक पूर्वमन्त्री आइतबार गाजा पट्टीमा रहेको उनको घरमा इजरायली हमलामा मारिएका हुन् ।

हमासको स्वास्थ्य मन्त्रालयका अनुसार प्यालेस्टिनी प्राधिकरणका ६८ वर्षीय पूर्व धार्मिक मामिला मन्त्री युसेफ सलामा मध्य गाजा पट्टीको अल मगाजी शरणार्थी शिविरमा भएको आक्रमणमा मारिएका हुन् । प्यालेस्टाइनी न्युज एजेन्सी वाफाका अनुसार प्यालेस्टाइनी अथोरिटीका अध्यक्ष महमुद अब्बासको पार्टी फताहको नजिकका नेता हुन् । पुर्वमन्त्री सलमाले फेब्रुअरी २००५ देखि मार्च २००६ सम्म मन्त्रीको रूपमा काम गरेका थिए । उनी जेरुसेलमको पुरानो शहरको अल–अक्सा मस्जिदमा प्रचारकको रूपमा पनि सेवा गरेका व्यत्ति हुन् ।

इजरायली सेनाबाट उनको हत्याको बारेमा तत्काल कुनै प्रतिक्रिया नआएको इकोनोमिक्स टाइम्सले जनाएको छ । प्यालेस्टिनी लडाकूहरूले अक्टोबर ७ मा दक्षिणी इजरायलमा अभूतपूर्व आक्रमण गरेपछि इजरायलले गाजा पट्टीमा हमासविरुद्ध अथक सैन्य अभियान सुरु गरिरहेको छ ।

इजरायली तथ्याङ्कमा आधारित एक तथ्याङ्कअनुसार विद्रोहीको आक्रमणमा करिब ११४० इजरायलीको मृत्यु भएको थियो, जसमा अधिकांश सर्वसाधारण नागरिक थिए । इजरायलको जारी गाजा आक्रमणमा हमास शासित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार २१ हजार ८०० भन्दा बढी मानिस मारिएका छन्, जसमा अधिकांश महिला र बालबालिका छन् ।

Comments

सम्बन्धित खवर