•  २० बैशाख २०८१, बिहीबार
  •  8:38:54 AM

टाट पल्टिएको साउदी कम्पनीले ५७१ नेपाली श्रमिकलाई तलब लिन बोलायो

- पुष १५, २०८० मा प्रकाशित


एजेन्सी । साउदी अरबको मोहमद अल मोजिल ग्रुप कम्पनी टाट पल्टिएर श्रमिकको पारिश्रमिक समेत दिन नसक्ने अवस्थामा पुगेपछि तलब र सेवा, सुविधा नलिई बिदा भएकालाई सम्पर्कमा आउन भनेको छ । यो कम्पनीबाट ५७१ जना नेपाली श्रमिकले तलब तथा सेवा, सुविधा बापतको रकम लिन बाँकी छ । कम्पनीले तलबलगायत सुविधा नपाएका नेपाली श्रमिकको नाम सार्वजनिक गरेको छ ।

कम्पनीले नेपाली कामदारहरूसँग सम्पर्क गराएर कम्पनीबाट पाउनु पर्ने सुविधा भुक्तानीमा सहजीकरण गरिदिन रियादस्थित नेपाली दूतावासलाई समेत अनुरोध गरेको छ । दूतावासले सूचना जारी गर्दै उक्त कम्पनीबाट सुविधा लिन बाँकी नेपालीलाई आवश्यक विवरण भर्न सूचना जारी गरेको छ । दूतावासले सामाजिक सञ्जालमार्फत कम्पनीको सन्देश सार्वजनिक गरेको छ ।

Comments

सम्बन्धित खवर