बोल्न नसक्ने युवतीमाथि सामुहिक बलात्कार : तीन जना पक्राउ
- पुष १४, २०८० मा प्रकाशित
सर्लाही । सर्लाहीको बागमतीमा एक बोल्न नसक्ने युवतीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
बागमती नगरपालिका– ४ सुकुम्बासी बस्तीकी ३१ वर्षीया बोल्न नसक्ने युवतीलाई सामुहिक बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । बलात्कारमा परेकी युवती अविवाहित हुन् ।
पक्राउ पर्नेमा सुकुम्बासी बस्तीका ३५ वर्षका हरि भनिने हिराबहादुर भुजेल, सोही ठाउँका ४२ वर्षीय राम भनिने खेलेन्द्र परियार र २१ वर्षीय अनिल भनिने धनलाल बराइली छन् । यही पुस १० गते राति करिब ११ बजे उनीहरुले बोल्न नसक्ने ती युवतीलाई रक्सी खुवाएर नजिकैको रहरीबारीमा लगेर सामुहिक करणी गरेका अनुसन्धानको क्रममा खुलेको हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले जानकारी दिए ।
करणीपछि फरार उनीहरुलाई गोप्य सूचनाको आधारमा लुकेर बसेको ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरु गाउँबाटै पक्राउ परेका हुन् । पीडित महिलाको प्रादेशिक अस्पताल मलंगवामा स्वास्थ्य परीक्षण गरिएको छ । उनको अवस्था सामान्य छ । आरोपी तीनै जनालाई जिल्ला अदालतबाट म्याद थप गरेर प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको छ । पक्राउ परेका तीनमध्ये २१ वर्षका धनलाल वाइवा भने अविवाहित युवा हुन् ।
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१Ставки в Спорт: Лучшие Коэффициенты На Сегодня, сделать Онлайн Ставк
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
Comments