•  २० बैशाख २०८१, बिहीबार
  •  7:28:13 AM

भोजपुरमा पाँच करोडमा बन्दै गरेको मोटरेबल पुल ढलान गर्ने बेलामा भत्कियो

- पुष १२, २०८० मा प्रकाशित


भोजपुर । भोजपुर ताबुटारस्थित इर्खुवा खोलामा निर्माणाधीन ढलानका लागि तयारी अवस्थामा रहेको मोटरेबल पुल आज (बिहीबार) बिहान भत्किएको छ । जिल्लाको षडानन्द नगरपालिका र साल्पा सिलिछो गाउँपालिका जोड्ने गरी निर्माणको अन्तिम चरणमा पुगेको पुल भत्किएको हो ।

स्थानीयबासीले ठेकेदारको लापरबाही र इन्जिनियरको कमजोरी रहेको अनुमान गरेका छन् । गाडी गुड्ने आशमा रहेका स्थानीय पुल नै भत्किएपछि निराश बनेका छन् । यसअघि भोजपुरकै दक्षिणी कावा खोलामा पाँच करोड बढीको लागतमा निर्माण भइरहेको पक्की पुल पनि २०७८ मंसिरमा भत्किएको थियो । जय धनञ्जय दिव्यज्योति जेभीले भ्याट सहित ६ करोड ३० लाखमा पुल निर्माण गर्ने ठेक्का लिएको हो।

हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने स्थानमा स्विस सरकारको आर्थिक सहयोगमा बनिरहेको पुल भत्किएको थियो । उक्त पुल अहिलेसम्म निर्माण हुन सकेको छैन । उक्त पुलको आयु ८० वर्ष र भूकम्पप्रतिरोधी हुने प्राविधकले बताएका थिए । तर निर्माणकै क्रममा भत्किएको थियो ।

Comments

सम्बन्धित खवर