•  २२ बैशाख २०८१, शनिबार
  •  11:49:13 PM

२०७० विन्दुमा नेप्से, चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि

- पुष ११, २०८० मा प्रकाशित


परिसूचक १७.२३ अंकले घटेको छ।यसदिन नेप्से ०.८२ प्रतिशतले घटेर २०७०.८२ विन्दुमा बन्द भएको छ।बुधबारको बजारमा ५ अर्ब २४ करोड ८७ लाख ८२ हजार ६११ रूपैयाँको सेयर कारोबार भएको छ।आइतबार ७ अर्ब ११ करोड १७ लाख ३३ हजार ८२९ रूपैयाँको सेयर कारोबार भएको थियो।

यो रकम अघिल्लो दिनको तुलनामा १ अर्ब ८७ करोड रूपैयाँ कमी हो।यस दिन ३०७ वटा धितोपत्रको १ करोड ४३ लाख ३७ हजार ७३८ कित्ता सेयर किनबेच भएको हो।बुधबार ८३ कम्पनीको सेयर मूल्य बढेको छ भने १५९ वटाको घटेको छ। यस्तै, ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।यसदिन ४ कम्पनीको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।नेपाल इन्स्योरेन्स, इन्फिनिटी लघुवित्त, मनकामना इन्जिनियरिङ हाइड्रोपावर र चिरख्वा हाइड्रोपवरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको हो।

यसैगरी, बिपिडब्ल्यु लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ।उक्त कम्पनीको प्रति कित्ता मूल्य एक हजार ५१६ रूपैयाँ कायम भएको छ।यस्तै, हिमालयन हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३४५ रूपैयाँ २० पैसा कायम भएको छ।बुधबार सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ।उक्त कम्पनीको प्रतिकित्ता ४१५ रूपैयाँ १० पैसामा १९ करोड ६६ लाख बराबरको सेयर कारोबार भएको हो।यो मूल्य अघिल्लो दिनको तुलनामा ४.१३ प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५६३ रूपैयाँमा १८ करोड ६६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड र निर्जीवन बीमा समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।यसदिन निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक १.१६ प्रतिशतले बढेको छ।यस्तै, व्यापार समूहको परिसूचक सर्वाधिक २.३२ प्रतिशतले घटेको छ।

Comments

सम्बन्धित खवर