•  २० बैशाख २०८१, बिहीबार
  •  5:27:41 PM

चीनमा शक्तिशाली भूकम्प : कम्तीमा १११ जनाको मृत्यु, २०० बढी घाइते

- पुष ३, २०८० मा प्रकाशित


काठमाडौं । चीनको उत्तरपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी कम्तीमा १११ जनाको मृत्यु भएको छ । सोमबार राति गान्सु प्रान्तमा गएको भूकम्पमा अन्य २०० भन्दा बढी घाइते भएको समाचार संस्था सीएनएनले जनाएको छ । गान्सु प्रान्तमा १०० र छिमेकी छिङहाइ प्रान्तमा ११ जनाको मृत्यु भएको हो ।

china
चिनियाँ अधिकारीहरूका अनुसार मध्यरातमा गएको ६.२ म्याग्निच्युडको भूकम्पले विद्युत्, खानेपानी र सडक संरचनाहरू भत्काएको तथा कैयन् भवनहरू भग्नावशेषमा परिणत गरेको छ । बिजुली र पानीको आपूर्ति अवरुद्ध भएको छ ।

भूकम्पको केन्द्रबिन्दु प्रान्तीय राजधानी लान्झाउबाट करिब ६० माइल टाढा रहेको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । प्रभावितको खोजी तथा उद्धार जारी रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान छ ।

Comments

सम्बन्धित खवर