•  २० बैशाख २०८१, बिहीबार
  •  10:10:18 AM

अर्जेन्टिनामा शक्तिशाली आँधी : १३ जनाको मृत्यु, विद्युत सेवा अवरुद्ध

- पुष २, २०८० मा प्रकाशित


काठमाडौं । अर्जेन्टिनाको बहिया ब्लाङ्कामा रहेको ब्युनस आयर्स बन्दरगाहमा शक्तिशाली आँधी आएको छ । शनिवार आएको आँधीमा परी १३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

त्यहाँको मेयर कार्यालयको सूत्रका अनुसार भारी वर्षा र हावाका कारण स्केटिङ प्रतियोगिता भइरहेको बहिया ब्लाङ्काको छत समेत आँधी सहितको हावाहुरीले उडाएको थियो ।

‘दुर्भाग्यवश आपत्कालीन सेवाले बहिन्से डेल नोर्टे क्लबमा १३ जनाको ज्यान गएको पुष्टि गरेको छ,’ नगरपालिकाले विज्ञप्तिमा भनेको छ । उक्त शहरमा एक सय ४० किलोमिटर ९८७ माइल प्रतिघण्टा भन्दा पनि बढीको वेगले हावा चलेको बताइएको छ । तीव्रगतिको हावा आएसँगै केही भागमा विद्युत समेत अवरुद्ध भएको जनाइएको छ ।

Comments

सम्बन्धित खवर