•  २० बैशाख २०८१, बिहीबार
  •  2:15:48 PM

इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या १८ हजार नाघ्यो

- मंसिर २६, २०८० मा प्रकाशित


एजेन्सी । इजरायल आक्रमणमा परी मृत्यु हुनेको संख्या १८ हजार नाघेको छ । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य विभागका अनुसार गत ७ अक्टुबरबाट सुरु भएको युद्धमा हालसम्म १८ हजार २०५ जना प्यालेस्टिनीको मृत्यु भएको छ ।

बीबीसीका अनुसार गाजाको स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ तथ्याङ्क अनुसार हालसम्म इजरायली आक्रमणमा परी ४९ हजार ६०५ जना घाइते भएका छन् । गाजा पट्टीको दोस्रो सबैभन्दा ठूलो सहर खान युनिसमा इजरायली ट्याङ्कले प्रवेश गरेपछि आक्रमण थप तीव्र बनेको छ ।

इजरायली ट्याङ्क विस्तारै खान युनिसको पूर्वी क्षेत्रतर्फ बढिरहेको बताइएको छ। यस क्षेत्रमा ठूला भवन, पसल र घना बस्ती छन्। साथै खान युनिसमा अझैपनि मानिसहरूको बसोबास कायमै रहेको छ । इजरायली सेनाले आइतवार बिहानै पम्प्लेट छर्दै खान युनिसमा बसोबास गरिरहेका नागरिकलाई अल–मवासी नामक क्षेत्रतर्फ जान भनेको छ । तर, अल–मवासी निकै साँघुरो र आधारभूत सेवा नभएको क्षेत्र भएकाले सर्वसाधारण चिन्तामा छन् ।

इजरायली सेनाले खान युनिसलाई लक्षित गरी आक्रमणलाई तीव्र बनाउँदै गर्दा मृत्यु हुने र घाइते हुनेको संख्या थप बढ्ने हुँदा संयुक्त राष्ट्र सङ्घले चिन्ता व्यक्त गरेको छ ।

Comments

सम्बन्धित खवर