•  २२ बैशाख २०८१, शनिबार
  •  4:01:42 PM

एक खर्ब ४३ अर्बमा किनेको शेयर ६ अर्ब ६६ करोडमा बेचेर बाहिरियो आजिआटा

- मंसिर १६, २०८० मा प्रकाशित


काठमाडौँ । एनसेलमा रहेको आफ्नो स्वामित्वको शेयर बेचेर मलेसियाको टेलिकम कम्पनी आजिआटा नेपालबाट बाहिरिएको छ ।आजिआटाले आफ्नो स्वामित्वको ८० प्रतिशत शेयर सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडलाई बेचेर नेपालबाट बाहिरिएको हो ।

उसले ५ करोड अमेरिकी डलरमा आफ्नो स्वामित्वमा रहेको शेयर बेचेको हो । आजिआटा कम्पनीले सन् २०१६ मा १ अर्ब ३६ करोड अमेरिकी डलरमा एनसेलको शेयर खरिद गरेको थियो । नेपालको आर्थिक अवस्था दिन प्रतिदिन चुनौतीपूर्ण बन्दै गएकोले नेपालबाट बाहिरिने निर्णय गरेको आजिआटाको भनाइ छ ।

Comments

सम्बन्धित खवर