
विश्वकप विक्रेटको फाइनल आज : उपाधिका लागि भारत र अस्ट्रेलिया भिड्दै
- मंसिर ३, २०८० मा प्रकाशित

काठमाडाैं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आज (आइतबार) घरेलु टिम भारत र अस्ट्रेलिया भिड्दै छन् । विश्वकपको १३ औं संस्करण चलिरहँदा भारत चौथो पटक फाइनलमा प्रवेश गरेको हो ।
भारतले यसअघि सन् १९८३ र २०११ मा विश्वकपको उपाधि जितेको थियो । २००३ मा भने भारत फाइनलमा अस्ट्रेलियासँग पराजित भएपछि उपविजेतामा सीमित बनेको थियो । भारत जारी प्रतियोगिताको एक मात्र अपराजित टिम हो । भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा हुने यो खेल नेपाली समयअनुसार दिउँसो २ः१५ बजेदेखि सुरु हुनेछ ।
यस्तै अस्ट्रेलिया भने आठौँ पटक एकदिवसीय विश्वकपको फाइनलमा प्रवेश गरेको हो । प्रतियोगिताको सर्वाधिक सफल टिमसमेत रहेको अस्ट्रेलियाले हालसम्म पाँच पटक उपाधि जितेको छ । अस्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकपको उपाधि जितेको थियो ।
फाइनलअघि अस्ट्रेलियाका कप्तान प्याट कुमिन्सले आफ्नो टिम भारतको ठूलो दर्शकलाई घरमै मौन बनाउने लक्ष्यमा रहेका बताएका थिए । ‘हामीलाई थाहा छ, रंगशाला पूरा भरी हुनेछ । भारतको समर्थनमा एक लाख ३० हजार दर्शक नै मैदानमा उपस्थित हुनेछन् । खेलमा ठूलो दर्शकलाई मौन बनाउनु भन्दा ठूलो सन्तोष अरू हुँदैन । फाइनलमा हाम्रो लक्ष्य यही हुनेछ’, कुमिन्सले भने ।
भारतका कप्तान रोहित शर्माले फाइनललाई लिएर आफ्नो टिम धेरै उत्साहित र ठूलो दबाबमा नरहेको बताए । ‘हामी फाइनललाई सहज र शान्त बनाउन चाहन्छौँ । जित हासिल गरे हाम्रो लागि राम्रो हुनेछ । तर, म फाइनलमा धेरै उत्साहित भएर टिममा दबाब थप्न चाहन्न’, रोहितले भने । फाइनल प्रवेशका क्रममा सेमिफाइनलमा भारतले न्युजिल्यान्डलाई ७० रनले र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई तीन विकेटले हराएका थिए ।

सम्बन्धित खवर
-
लोकप्रिय मंसिर १४, २०८०दुर्गा प्रसाईंले आफ्नै नेतृत्वमा ‘नागरिक सरकार’ घोषणा गर्ने
-
लोकप्रिय मंसिर १४, २०८०नक्कली शरणार्थी प्रकरणमा अझै सकिएन बहस, आदेश शुक्रबार आउने सम्भावना
-
लोकप्रिय मंसिर १४, २०८०ताप्लेजुङमा राहदानी आइलाइन फारम निःशुल्क
-
लोकप्रिय मंसिर १४, २०८०धनकुटाका कृषकलाई सुन्तला टिप्न भ्याइ नभ्याइ
-
लोकप्रिय मंसिर १४, २०८०कोशी अस्पतालकाे बेथिति : डाक्टर आँफै पठाउँछन् निजीमा विरामी
-
ताजा मंसिर १४, २०८०दुर्गा प्रसाईंले आफ्नै नेतृत्वमा ‘नागरिक सरकार’ घोषणा गर्ने
-
ताजा मंसिर १४, २०८०नक्कली शरणार्थी प्रकरणमा अझै सकिएन बहस, आदेश शुक्रबार आउने सम्भावना
-
ताजा मंसिर १४, २०८०ताप्लेजुङमा राहदानी आइलाइन फारम निःशुल्क
-
ताजा मंसिर १४, २०८०धनकुटाका कृषकलाई सुन्तला टिप्न भ्याइ नभ्याइ
-
ताजा मंसिर १४, २०८०कोशी अस्पतालकाे बेथिति : डाक्टर आँफै पठाउँछन् निजीमा विरामी
Comments