
टिकटकले प्राधिकरणलाई पठायो सात बुँदे पत्र, नेपालीका २९ लाख ८० हजार भिडियो हटाएको दावी
- मंसिर १, २०८० मा प्रकाशित

काठमाडौं । सामाजिक सद्भाव खलबलिएको भन्दै सरकारले नेपालमा टिकटक प्रतिवन्ध लगाएकोमा यसको सञ्चालक कम्पनी टिकटकले असन्तुष्टी जनाउँदै नेपाललाई सात बुँदे पत्र पठाएको छ । सरकारले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेसँगै टिकटकले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र लेखेर आश्चार्य परेको उल्लेख गरेको छ ।
मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेसँगै दूर सञ्चार प्राधिकरणले सेवा प्रदायकलाई पत्र लेखेर टिकटक बन्द गर्न निर्देशन दिएको थियो।नेपालमा औपचारिक रुपमा टिकटक बन्द भए पछि टिकटकको दक्षिण एसियाको सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फेरडोस मोटाकिनले दूर सञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनाललाई पत्र लेख्दै टिकटक बन्दको कारण माग गरेका हुन् ।
टिकटकले गत कात्तिक १७ गते नेपालका सरकारी अधिकारीसँग छलफल गरेको समेत स्मरण गराएको छ।मापदण्ड विपरीत रहेका २९ लाख ८० हजार नेपाली भिडिओहरू हटाएको समेत टिकटकले दाबी गरेको छ । सरकारको यो निर्णयबाट टिकटकको प्लेटफर्ममार्फत रचना र खुसी साट्नेहरु प्रभावित भएको जनाएको छ । टिकटकले सूचना, शिक्षा, मनोरञ्जन तथा प्रेरणा आदानप्रदान गर्न सहयोग पुर्याएको भन्दै प्रयोगकर्ताको सुरक्षा आफ्नो प्राथमिकतामा रहेको जनाएको छ ।
टिकटकमार्फत व्यवसाय सञ्चालन गरेकाहरु प्रभावित भएको कम्पनीको दाबी छ । टिकटक विश्वव्यापी प्लेटफर्म भएकाले सामाजिक सदभावको मापदण्डभन्दा बाहिर पर्ने कन्टेन्ट र मानिसका व्यवहारहरू सम्बोधन गर्ने गरेको जनाएको छ । टिकटकले नेपालमा टिकटक सञ्चालनका लागि सकरात्मक प्रयासहरू गरेको जनाएका छ ।

सम्बन्धित खवर
-
लोकप्रिय मंसिर १४, २०८०दुर्गा प्रसाईंले आफ्नै नेतृत्वमा ‘नागरिक सरकार’ घोषणा गर्ने
-
लोकप्रिय मंसिर १४, २०८०नक्कली शरणार्थी प्रकरणमा अझै सकिएन बहस, आदेश शुक्रबार आउने सम्भावना
-
लोकप्रिय मंसिर १४, २०८०ताप्लेजुङमा राहदानी आइलाइन फारम निःशुल्क
-
लोकप्रिय मंसिर १४, २०८०धनकुटाका कृषकलाई सुन्तला टिप्न भ्याइ नभ्याइ
-
लोकप्रिय मंसिर १४, २०८०कोशी अस्पतालकाे बेथिति : डाक्टर आँफै पठाउँछन् निजीमा विरामी
-
ताजा मंसिर १४, २०८०दुर्गा प्रसाईंले आफ्नै नेतृत्वमा ‘नागरिक सरकार’ घोषणा गर्ने
-
ताजा मंसिर १४, २०८०नक्कली शरणार्थी प्रकरणमा अझै सकिएन बहस, आदेश शुक्रबार आउने सम्भावना
-
ताजा मंसिर १४, २०८०ताप्लेजुङमा राहदानी आइलाइन फारम निःशुल्क
-
ताजा मंसिर १४, २०८०धनकुटाका कृषकलाई सुन्तला टिप्न भ्याइ नभ्याइ
-
ताजा मंसिर १४, २०८०कोशी अस्पतालकाे बेथिति : डाक्टर आँफै पठाउँछन् निजीमा विरामी
Comments