•  २३ बैशाख २०८१, आईतवार
  •  9:37:37 PM

अबैध बाटोबाट अमेरिका छिर्न खोज्ने ९६ हजार बढी भारतीय पक्राउ

- कार्तिक २२, २०८० मा प्रकाशित


नयाँदिल्ली । अबैध रुपमा अमेरिका छिर्न खोज्ने भारतीयहरुको संख्या अत्याधिक रुपमा बृद्धि भएको छ । विगत वर्षको तुलनामा सन २०२२–२३ मा अवैध रूपमा अमेरिका र मेक्सिकोमा प्रवेश गर्ने भारतीयहरूको संख्यामा उल्लेखनीय वृद्धि भएको तथ्यांक सार्वजनिक भएको हो ।

अमेरिकाको भन्सार र सीमा सुरक्षाको पछिल्लो तथ्याङ्क अनुसार अक्टोबर २०२२ देखी सेप्टेम्बर २०२३ को बीचमा ९६ हजार ९९७ भारतीयहरू अवैध रूपमा अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ परेका छन् । अमेरिकाको सीमा सुरक्षा प्रतिवेदनका अनुसार तीमध्ये ३० हजार १० भारतीय क्यानडामा र ४ हजार ७७० भारतीय मेक्सिकोको सीमानामा पक्राउ परेका थिए भने बाँकी अन्य ठाउँबाट पक्राउ परेका छन् ।

अमेरिकी एजेन्सीहरूले यो तथ्याङ्क यस्तो समयमा सार्वजनिक गरेका हुन्, जब गुजरात प्रहरीले गैरकानूनी माध्यमबाट अमेरिका प्रवेश गर्नेहरूमाथि अनुसन्धान गरिरहेको छ । यसबाहेक अमेरिका जाने क्रममा बेपत्ता भएका ९ भारतीयको मुद्दा पनि उच्च अदालतमा विचाराधीन रहेको छ ।

पछिल्लो समय विदेशमा बस्ने क्रेज लगातार बढ्दै गएको छ । धेरै भारतीयहरू राम्रो जीवनको खोजीमा त्यहाँ बस्न चाहन्छन् । तर, यसका लागि कतिपय वैधानिक साधनको सहारा लिन्छन् भने कतिपयले अवैध रूपमा त्यहाँ बसोबास गर्ने प्रयास गर्ने गरेको अमेरिकास्थित करन सिंहले बताए ।

टाइम्स अफ इण्डियाका समाचार अनुसार २०१९–२० मा अवैध रूपमा अमेरिकी सीमामा प्रवेश गर्ने भारतीयहरूको संख्या १९,८८३ थियो, अहिले जुन पाँच गुणा बढेर २०२१ मा ३०,६६२, २०२२–२०२३ मा ९६,९१७ पुगेको छ । यस्तो अवस्थामा प्रहरीले समाउन नसकेका तथा अमेरिका प्रवेश गर्न सफल भएका भारतीयलाई पनि समावेश गर्ने हो भने उनीहरुको कुल संख्या अझ बढी हुन सक्छ । अहिलेसम्म धेरैजसो भारतीयहरू मेक्सिकोको सिमाना हुँदै अमेरिका प्रवेश गर्ने गरेका थिए तर यूसीबीपीले सार्वजनिक गरेको तथ्यांकले उनीहरूले अमेरिका प्रवेशका लागि अन्य बाटो पनि अपनाएको देखाएको छ ।

Comments

सम्बन्धित खवर