•  २३ बैशाख २०८१, आईतवार
  •  9:29:19 PM

हिजबुल्लाह नेताको चेतावनी : गाजामा द्वन्द्व जारी रहे इजरायलसँग विस्तारित भिडन्त हुन्छ

- कार्तिक २०, २०८० मा प्रकाशित


एजेन्सी । हिजबुल्लाह नेता सय्यद हसन नसरल्लाहले लेबनानको दक्षिणी सीमानामा इजरायलसँगको भिडन्त हालको झडपभन्दा बाहिर जाने चेतावनी दिएका छन् ।

हप्ताअघि इजरायल–हमास द्वन्द्व र इजरायल–हिजबुल्लाह टकराव सुरु भएपछि आफ्नो पहिलो टेलिभिजन भाषणमा नसरल्लाहले कुनै पनि समयमा विस्तारित युद्ध सुरु हुने चेतावनी दिएका हुन् । उनले लेबनानमा आक्रमण गर्ने वा सक्रिय ‘अपरेसन’ गर्ने सोचे इतिहासकै सबैभन्दा ठूलो मूर्खता हुने बताए ।

नसरल्लाहले अमेरिकी हवाई आक्रमणको धम्कीले प्रतिरोधको दृढ संकल्प वा स्थितिलाई कहिल्यै असर नगरेको बताए । अमेरिकालाई चेतावनी दिँदै उनले जवाफ दिन तयार रहेको बताए । लगभग एकतिहाइ इजरायली सैनिक लेबनानसँगको सीमामा पुगेको उनको भनाइ छ ।

हिज्बुल्लाहका केही समर्थकले आफूहरू नसरल्लाहसँग अडिग रहेको बताएका छन् । इजरायलदेखि आफूहरू नडराउने उनीहरू बताउँछन् । इजरायल र अमेरिकासँग आइपरे जस्तोसुकै युद्धका निम्ति आफूहरू तयार रहेको हिजबुल्लाहका समर्थकले बताए ।

Comments

सम्बन्धित खवर