•  २३ बैशाख २०८१, आईतवार
  •  7:46:10 AM

टी–२० विश्वकप छनोट : करण र सोमपालले विकेट लिएसंगै नेपाललाई दाेस्राे सफलता

- कार्तिक १६, २०८० मा प्रकाशित


काठमाडौं । आइसीसी टी–२० विश्वकप छनोट अन्तर्गत नेपाल र ओमानबीचको खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ । टस जितेर ओमानलाई पहिले ब्याटिङको निम्तो दिएको नेपालले ओमानको दुई विकेट लिएको हो । ओमानको पहिलो विकेट नेपाली बलर करण केसीले लिएका हुन् भने दोस्रो विकेट सोमपाल कामीले लिएका हुन् ।

पहिलो चार बलमा नै ८ रन खाएका उनले कश्यप प्रजापतीलाई आउट गरेका हुन् । यसअघि भएको खेलमा दुवै टोली अपराजित रहँदै समान चार अङ्क जोडेका छन् । तर ओमान नेटरनरेटका आधारमा शीर्षस्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ ।

प्रतियोगितामा दुवै टोली एक खेलअगावै समूह ए बाट सेमिफाइनलमा पुगिसकेका छन् । आजको खेलले समूहको विजेता र उपविजेताको टुङ्गो लाग्नेछ । नेपालले आजको खेलमा कुनै पनि खेलाडीलाई परिवर्तन गरेको छैन । नेपालको प्लेइङ ११ मा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा छन् ।

Comments

सम्बन्धित खवर