•  ३ जेष्ठ २०८१, बिहीबार
  •  10:25:03 PM

गोली प्रहारबाट घाइते भएका प्रधानाध्यापक सरार्फको मृत्यु

- कार्तिक १३, २०८० मा प्रकाशित


बारा । गोली प्रहारबाट घाइते भएका बारा जिल्लास्थित बाल एकता इङिलस बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक रुपेश सरार्फ (गुड्डु) को मृत्यु भएको छ । बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार सर्राफको उपचारको क्रममा वीरगञ्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको हो ।

सोमबार दिउँसो सर्राफलाई २ वटा मोटरसाईकलमा आएका ४ जनाको समूहले गोली हानेको थियो । कलैया–६ मदर्शा टोलमा सर्राफमाथि गोली प्रहार भएपछि उनलाई उपचारका लागि कलैया अस्पताल हुदै वीरगञ्जको बयोधा अस्पताल लगिएको थियो ।

Comments

सम्बन्धित खवर