सुनको भाउले दिनहुँ नयाँ ‘रेकर्ड’ बनाउँदै, तोलाकै एक लाख १७ हजार पुग्यो
- कार्तिक १२, २०८० मा प्रकाशित
इटहरी । आज (आइतबार) नेपाली बजारमा सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ । सातको पहिलो दिन बजारमा सुनकाे मूल्य प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कायम भएको छ । यसअघि गत शुक्रबार मात्रै हालसम्मकै उच्च १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजाबी सुनको मुल्य प्रतितोला १ लाख १६ हजार ४५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी यस दिन चाँदी तोलामा १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
शनिबार मात्रै सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको हो । शनिबार बजारमा सुनको मूल्य तोला १ हजार रुपैयाँले वृद्धि भइ १ लाख १७ हजार रुपैयाँ कायम भएको हो । यसअघि भने शनिबार सुनको कारोबार बन्द हुने गरेको थियो ।
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
-
ताजा बैशाख १८, २०८१एमालेको कान्छो सांसद बनेर पूर्णकालीन राजनीतिमा सुहाङको शानदार ‘इन्ट्री’
Comments