सरकारी अनुदानमा ९३ प्रतिशत किसान पहुँच बाहिरै
- कार्तिक ८, २०८० मा प्रकाशित
काठमाडौं । सरकारले किसानको हितका लागि वितरण गर्ने अनुदानमा किसानहरुको सहभागीता निकै कमजोर पाइएको छ । सरकारले गरेको सातौं कृषि गणनाअनुसार कुल किसानहरुमध्ये ९३ प्रतिशत किसानले आफूहरु सरकारी अनुदानको पहुँचबाट बाहिर छन् । अनुदान पाएका ७ प्रतिशतमध्ये पनि आधा जतिले यस्तो अनुदान रासायनिक मलका लागि मात्रै प्राप्त भएको बताएको गणनाले सार्वजनिक गरेको छ ।
कुल किसान परिवारमध्ये ३ लाख ८ हजार ५ सय किसान मात्रै अनुदान पाएका छन् भने ३८ लाख २२ हजार ३ सय किसान परिवार सरकारी अनुदानबाट बञ्चित छन् । गणनाअनुसार अनुदान लिएकामध्ये पनि ४६.२ प्रतिशत अर्थात एक लाख ४२ हजार ६ सय किसानले रासायनिक मलका लागि अनुदान प्राप्त गरेका छन् । १.९ प्रतिशत अर्थात ५ हजार ७ सय किसानले प्राङ्गारिक मलका लागि अनुदान पाएका छन् भने ७.८ प्रतिशत अर्थात २४ हजार २ सय किसानले कृषिजन्य संरचना निर्माण र पूर्वाधारका लागि सरकारबाट अनुदान पाएका छन् ।
१७ हजार किसानले सिंचाइका लागि अनुदान पाएका छन् भने ४ हजार ६ सय किसानले भन्सार छुटका लागि अनुदान लिएका छन् । १४ हजार ७ सय किसानले विद्युत महसुलमा अनुदान लिंदा एक लाख ८ हजार ८ सय अर्थात कुल संख्याको १५.२ प्रतिशत किसानले बीउ÷बेर्ना र घाँसका लागि अनुदान लिएका छन् ।कृषि औजार उपकरणमा ४६ हजार र अन्य क्रियाकलापमा १६ हजार किसानले अनुदान प्राप्त गरेका छन् ।
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
-
ताजा बैशाख १८, २०८१एमालेको कान्छो सांसद बनेर पूर्णकालीन राजनीतिमा सुहाङको शानदार ‘इन्ट्री’
Comments