•  २४ बैशाख २०८१, सोमबार
  •  12:20:56 PM

२२ प्रतिशतले बढ्यो रेमिट्यान्स, दुई महिनामा भित्रियो सवा दुई खर्ब

- आश्विन ३०, २०८० मा प्रकाशित


काठमाडौँ । नेपालमा रेमिट्यान्स (विप्रेषण) आप्रवाह २२.१ प्रतिशतले बढेको छ । गत वर्षको तुलनामा चालू आर्थिक वर्ष धेरै रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

साउन र भदौ महिनामा २ खर्ब २८ अर्ब ३७ करोड भित्रिएको हो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई १ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ११.३ प्रतिशतले बढेको थियो ।

दुई महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २८.३ प्रतिशतले कमी आई ७४,४५५ कायम भएको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या दुई महिना अवधिमा १८.३ प्रतिशतले कमी आई ३२००४ कायम भएको छ ।

Comments

सम्बन्धित खवर