•  ३ जेष्ठ २०८१, बिहीबार
  •  9:33:40 PM

भाग्यमानी नवराज सिलवाल : एक मतको अन्तरले बने एमाले बागमती कमिटी सचिव

- आश्विन १३, २०८० मा प्रकाशित


काठमाडौँ । पूर्व एआईजी समेत रहेका नवराज सिलवाल नेकपा एमाले बागमती प्रदेश कमिटीको सचिवमा एक मत बढी ल्याएर विजयी भएका छन् ।

अध्यक्षमा पराजित कृष्णप्रसाद दाहालको प्यानलबाट उठेका सिलवालले ५६८ मत ल्याउँदै प्रदेश सचिव पद पक्का गरेका हुन् । प्रतिनिधिसभाका पूर्व सांसद समेत रहेका उनले प्रदेश कमिटी अध्यक्षमा विजयी कैलाश ढुंगेल प्यानलका हस्तबहादुर पण्डितलाई केबल एक मतको झिनो अन्तरले हराएका छन् ।

उता अध्यक्षमा विजयी कैलाशप्रसाद ढुङ्गेल ६९६ मत ल्याउँदा पराजित दाहालले ४३९ मत मात्रै पाए । उपाध्यक्षमा भने ढुंगेल प्यानलका दावादोर्जे लामा विजयी भए । सचिवमा ५६८ मतसहित सिलवाल विजयी हुँदा पण्डितको पक्षमा ५६७ मत प¥यो ।खुल्ला उपसचिवमा ढुंगेल प्यानलका विजयी हुँदा महिला उपसचिवमा दाहाल प्यानलकी भक्तकुमारी लामाले जित निकालेकी छन् ।

Comments

सम्बन्धित खवर