•  २४ बैशाख २०८१, सोमबार
  •  10:52:40 AM

प्रधानमन्त्री प्रचण्ड मानसरोवरमा

- आश्विन ११, २०८० मा प्रकाशित


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (बिहीबार) कैलाश पर्वत र मानसरोवर पुगेका छन् । चीनको एक साता लामो औपचारिक भ्रमणमा रहेका प्रचण्ड हिजो बुधबार तिब्बतको ल्हासा गएका थिए । उनी ल्हासाको गंगा विमानस्थलबाट तिब्बत एअरलाइन्समार्फत कैलाश पर्वतको भ्रमणका लागि पुगेका हुन् ।

कैलाश पर्वत र मानसरोवरको भ्रमणका लागि उनका साथमा भ्रमण दलमा रहेका सदस्यहरू पनि छन् । आज मानसरोवर ताल र कैलाशको दर्शन गरेर त्यहीँ बस्ने छन् । हिजो ल्हासामा प्रधानमन्त्री प्रचण्ड विभिन्न द्विपक्षीय भेटघाट र निरीक्षण अवलोकनमा व्यस्त रहेका थिए ।

गएको शनिवारदेखि चीनको औपचारिक भ्रमणमा रहेका उनी भोलि (शुक्रबार) ल्हासा फर्कने बेलुका सिचुआन प्रान्तको राजधानी छेन्दु पुग्ने छन् । प्रधानमन्त्री प्रचण्ड पर्सी (शनिबार) स्वदेश फर्कने कार्यक्रम छ ।

Comments

सम्बन्धित खवर