•  २४ बैशाख २०८१, सोमबार
  •  4:00:00 PM

इटहरीमा टिभिएसको एक्स्चेन्ज मेलामा अफरै अफर

- आश्विन ११, २०८० मा प्रकाशित


इटहरी । सुनसरीकाे इटहरीस्थित टिभिएस बाइकको एक्स्चेन्ज मेला मंगलबारबाट सुरु भएको छ । इटहरीकालागि आधिकारिक बिक्रेता पारस अटो मोवाइल्स इटहरी पश्चिमलाइनमा असोज ९ देखि १२ गतेसम्म एक्स्चेन्ज मेला सुरु भएको हो ।

एक्स्चेन्ज मेलामा विभिन्न अफरहरु सार्वजनिक गरिएको छ । जस अन्तर्गत नकिन्दै एक लाख रुपैयाँसम्म जित्ने मौका , किन्दा ५ लाख रुपैयाँँसम्म जित्ने मौका हरेक महिना १०० प्रतिशत क्यास ब्याक , बम्पर उपहारमा १० लाख रुपैयाँसम्म जित्ने अवसर कम्पनीले सार्वजनिक गरेको छ ।

एक्स्चेन्ज मेलामा १० हजार रुपैयाँसम्म को भ्यालु एडिसनको सुविधा रहेको इटहरीका लागि आधिकारिक बिक्रेता पारस अटो मोवाइल्स इटहरीले जनाएको छ । २५ प्रतिशत डाउन पेमेन्ट तथा शून्य प्रतिशत ब्याजदरमा सहज फाइनान्सको सुविधासहित कम्पनीबाट टिभिएस बाइक चडेर जान सकिने ,लाइफ टाइम वारेन्टीको सुबिधाका साथै हेलमेट तथा ब्याग र बाइक कभर समेत निशुल्क उपलब्ध गराइने जनाइएकाे छ ।

Comments

सम्बन्धित खवर