•  २० बैशाख २०८१, बिहीबार
  •  9:05:26 PM

उदयपुरमा डेङ्गु संक्रमणबाट एकको मृत्यु

- आश्विन ८, २०८० मा प्रकाशित


उदयपुर । उदयपुरको बेलका नगरपालिका–५ खारखोलाको एक पुरुषको डेङ्गु संक्रमणबाट मृत्यु भएको छ । खारखोलाका ४० वर्षीय विजय लिम्बूको डेङ्गुको संक्रमणबाट मृत्यु भएको नगरपालिकाका प्रमुख अशोक कार्कीले जानकारी दिए ।

गत सातादेखि डेङ्गु संक्रमणबाट सिकिस्त बिरामी भएका लिम्बूलाई बेल्टार अस्पतालमा सामान्य उपचारपछि घरमै राखिएको थियो । घरमा रहँदा झनै सिकिस्त बन्दै गएपछि लिम्बूलाई शुक्रबार उपचारका लागि सुनसरीको धरानस्थित बिपी मेमोरियल अस्पतालको आइसियुमा राखिएको थियो ।

लिम्बूको उपचारकै क्रममा आइतबार बेलुकी मृत्यु भएको बेलका उनको भनाइ छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार साउन पहिलो हप्तादेखि उदयपुरमा डेङ्गु संक्रमण देखा परेपछि हालसम्ममा तीनको डेङ्गु संक्रमणबाट मृत्यु भएको छ भने झण्डै एक हजारको हाराहारीमा संक्रमित भइसकेका छन् ।

Comments

सम्बन्धित खवर