•  २६ बैशाख २०८१, बुधबार
  •  11:44:04 AM

सिटीको अपराजित यात्रा कायमै : युनाइटेडले बर्नलीलाई हरायो

- आश्विन ७, २०८० मा प्रकाशित


एजेन्सी। इङलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० गोलले हराएको छ । लिगमा अपराजित यात्रा कायमै राखेको सिटीले ६ खेलमा १८ अङ्क जोडेको छ । सिटी अङ्कतालिकाको शीर्ष स्थानमा छ ।

नटिङ्घम फरेस्टसँगको खेलमा सिटीका फिल फोडेन र एर्लिङ हालान्डले एक-एक गोल गरे । सिटी दोस्रो हाफमा १० खेलाडीमा समेटिएको थियो । उसका रोड्रीले रातो कार्ड पाउँदै मैदान छाडेका थिए ।

गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई १–० गोलले हराएको छ । उसका ब्रुनो फर्नान्डेजले खेलको ४५औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै युनाइटेड ६ खेलमा ९ अङ्ककासाथ तालिकाको आठौँ स्थानमा उक्लिएको छ । अर्को खेलमा एभर्टनले ब्रेन्टफोर्डलाई ३–१ गोलले हराएको छ । त्यस्तै, लुटन टाउन र वुल्भ्सले एक-एक गोलको तथा क्रिष्टल प्यालेस र फुलह्यामले गोलरहित बराबरी खेलेका छन् ।

Comments

सम्बन्धित खवर