•  २ जेष्ठ २०८१, बुधबार
  •  4:00:47 PM

‘महिलालाई व्यवसायिक बनाउन उद्यमशिलता प्रदर्शनी’ भोलीबाट सुरु हुदै

- भाद्र १४, २०८० मा प्रकाशित


इटहरी। इटहरी लाइन्स भवनमा भदौ १५ देखि हुने तीन दिने प्रदर्शनीमा बढी मात्रामा महिलाले उत्पादन गरेका सामाग्री हुने छन् भने अन्य उत्पादन समेत यहाँ उपलब्ध हुनेछ । विभिन्न परिकारहरु अर्गानिक प्रोडक्ट घिउ,मह गुन्द्रुक देखि लगेर हातले बनाएका गरगहना आदि जस्ता चिजहरु पाउन सकिन्छ । जुन सामानहरु यहाँहरुले विशेष छुटका साथ पाउनु हुनेछ ।
महिलाले उत्पादन गरेका वस्तुहरुको बजारीकरण गराउने उदेश्यले इटहरी महिला उद्यमशिलता प्रदर्शनी २०८०को तयार अन्तिम चरणमा पुगेको छ । उद्योग वाणिज्य संघ इटहरी महिला उद्यम समितिले आयोजना गरेको प्रदर्शनी यही भदौ १५ देखि १७ गतेसम्म हुनेछ । इटहरी ५ स्थित लायन्स भवनमा हुने प्रदर्शनीको तयारी, व्यवस्थापनलगायतका विषयमा महिला उद्यमशिलता प्रदर्शनीकी सचिव प्रतिक्षा अधिकारीसँग सूचना पोर्टलकर्मी पत्रकार तारा भट्टराईले गरेको कुराकानीको सारः–

नमस्कार, महिला उद्धमशिलता प्रदर्शनी २०८० को तयारी कहाँ पुग्यो ?
नमस्कार, इटहरीमा हामीले ऐतिहासिक सहभागिता गराएर महिला उद्यमशिलता प्रदर्शनी सफल बनाउने योजनाका साथ काम गरिरहेका छौं । हामी कोशी प्रदेश र मधेश प्रदेशमा महिलाहरुले उत्पादन गरेका सामाग्री र महिलाको कन्सेप्टमा तयार भएको योजनालाई पनि प्रदर्शनीमा ल्याउने गरी योजना बनाईरहेका छौं । करिव एक डेढ महिना अघि देखि आयोजक टिमनै सक्रियता पुर्वक लागि परिरहेका छौं । तयारीकै क्रममा विभिन्न पालिका, संद्ध संस्था र व्यापारिक प्रतिष्ठानसँग सहकार्य गरीनै रहेका छौं । सबै तिरबाट सहभागिताको लागि दर्ता गरिरहनु भएको छ ।
तयारी कति बाँकी छ ?
हामी प्रदर्शनीको तयारीको अन्तिम चरणमा छौं । स्टल निर्माणको काम लगभग सकिएको छ । उद्घाटनको तयारीमा छौं । अन्य व्यवस्थापको पाटोमा पनि लगभग सम्पूर्ण काम सकिएको छ । लगभग तयारी अन्तिम चरणमा पुगेको छ । प्रदर्शनीमा हरेक साँझ साँगितिक कार्यक्रम हुनेछन् । साथै पारिवारिक हिसावले पनि यहाँहरुले मनोरञ्जन लिन सक्नुहुनेछ ।
प्रदर्शनीमा आउनेले नयाँ कुरा के पाउनुहुनेछ ?
हामीले नयाँ कुरा भन्दा पनि भइरहेको, देखिरहेको उत्पादनलाई व्यवसायिककरणको पाटोबाट प्रस्तुत गराउने छौं । यहाँ सेलरोटीदेखि, दुनाटपरा, ढाका, विभिन्न प्रकारका खेलौना जस्ता महिलाले उत्पादन गरेर सामानलाई व्यवसायिक उत्पादनमा प्रोत्साहित गर्नका लागि ती उत्पादकहरुआएर प्रदर्शनीमा उत्पादित सामानको उपयोगिताको बारेमा समेत जानकारी गराउनु हुनेछ । यस्ता उत्पादन गर्ने समुहलाई स्थानीय पालिकाले समेत प्रोत्साहन गरी आयोजक टीमसँग सहकार्य गरिनै रहनु भएको छ ।
इटहरी लाइन्स भवनमा भदौ १५ देखि हुने तीन दिने प्रदर्शनीमा बढी मात्रामा महिलाले उत्पादन गरेका सामाग्री हुने छन् भने अन्य उत्पादन समेत यहाँ उपलब्ध हुनेछ । विभिन्न परिकारहरु अर्गानिक प्रोडक्ट घिउ,मह गुन्द्रुक देखि लगेर हातले बनाएका गरगहना आदि जस्ता चिजहरु पाउन सकिन्छ । जुन सामानहरु यहाँहरुले विशेष छुटका साथ पाउनु हुनेछ ।
यो प्रदर्शनीका बारेमा थप केही भन्नु छ ?
अन्तमा सम्पुर्ण प्रदेश भरिका महिला व्यवसायी हरुको सिप,कला ,सामाग्रीहरुरु कुना देखि सहर सम्म निकाल्ने अभियान थालेका छौ । यसमा सम्पुर्ण ईटहरी वासी आमा बुवा, दाजुभाइ दिदीबहिनी लगायत सम्पूर्ण व्यक्ति हरुलाई एकपटक यहाँ भ्रमण गरिदिनु होला र व्यवसायी महिलाहरुलाई साथ दिएर यो कार्यक्रम सफल पारिदिनु हुन सम्पूर्ण महानु

Comments

सम्बन्धित खवर