•  २ जेष्ठ २०८१, बुधबार
  •  3:00:34 AM

विराटनगरबाट काठमाडौं आइरहेको कारबाट २० किलो चाँदी बरामद

- भाद्र १४, २०८० मा प्रकाशित


इटहरी । प्रहरीले बिराटनगरबाट काठमाडौं आइरहेको एक निजी कारबाट २० किलो चाँदी बरामद गरेको छ।बा.प्र.०१-०२५ च १०६९ नम्बरको कार चेकजाँच गर्ने क्रममा चालक पछाडिको सिटमुनि नाइलनको सेतो पहेँलो रङको झोलामा कालो प्लाष्टिक भित्रबाट उक्त परिमाणको चाँदी बरामद भएको हो।

बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका-५ मा प्रहरी चौकी गढीको टोलीले सेतो ४ वटा प्लाष्टिकमा चाँदी जस्तो देखिने करिब २० किलो बरामद गरेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीले उक्त चाँदी, कार, चालक र गाडीमा सवार सप्तरीको राजविराज न नगरपालिका-८ घर भई हाल मोरङको बिराटनगर महानगरपालिका-४ बस्ने ३७ वर्षीय शेचन मानन्धरसहितलाई नियन्त्रणमा लिएको छ।उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा राखेर थप अनुसन्धान भइरहेको छ।

Comments

सम्बन्धित खवर