•  २६ बैशाख २०८१, बुधबार
  •  12:18:24 AM

एसिया कपमा नेपाल पाकिस्तानसँग १ सय ४ रनमै अलआउट

- भाद्र १३, २०८० मा प्रकाशित


काठमाडाैं । एसिया कपमा डेब्यु गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली पाकिस्तानसँग १०४ रनमा नै अलआउट भएको छ। पाकिस्तानले दिएको ३ सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा १०४ रनमै अलआउट भयो। नेपाल पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको छ। ओडिआइ वरियताको शीर्ष स्थानमा रहेको पाकिस्तानसँग खेलेको नेपालले इतिहासकै विशाल लक्ष्य पाएको हो। खराब फिल्डिङ गरेको नेपाली टोलीका ब्याटरहरु पनि लामो समय क्रिजमा टिक्न सकेनन्।

सोमपाल कामीले बनाएको २८ रन नै नेपालका लागि सर्वाधिक रह्यो। आरिफ शेख २६ र गुलसन झा १३ रनमा आउट भए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।नेपाली टोलीका कप्तान रोहित पौडेल गोल्डेन डकआउट भए। सन्दीप लामिछाने डक आउट भए। पाकिस्तानविरुद्ध गुलसन झा र कुशल मल्लले समान एक छक्का प्रहार गरे।

नेपाली टोली दोस्रो ओभरमा नै ३–१४ को अवस्थामा थियो। चौथो विकेटका लागि आरिफ र सोमपाल कामीले ५९ रनको साझेदारी गर्दै नेपालको इनिङस् सम्हाल्ने प्रयास गरेका थिए।आरिफ २६ रन बनाउँदा हरिश राउफको बलमा बोल्ड आउट भए।

पहिलो ओभरको पाँचौं बलमा ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालले अन्तिम बलमा कप्तान रोहित पौडेललाई गुमाएको थियो।ओभरको सुरुवाती दुई बलमा लगातार चौका प्रहार गरेका भुर्तेल ओभरको पाँचौं बलमा शहिन शा अप्रिदीको बलमा विकेट किपर मोहम्मद रिजवानको हातबाट क्याच आउट भए।
कप्तान रोहित अफ्रिदी कै बलमा गोल्डेन डक आउट भए। दोस्रो ओभरको चौथो बलमा ओपनर आशिफ शेख ५ रन बनाउँदा नसिम शाहको बलमा इफिखार अहमदको हातबाट क्याच आउट भए।

नेपाललाई कम स्कोरमा रोक्न सदाव खान एक्लैले चार विकेट झारे। शहिन शा अफरिदी, हरिस राउफले समान २ विकेट लिए। नसिम शाह र मोहम्मद नवाजले समान एक विकेट लिए।त्यसअघि मुलतान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको घरेलु टोली पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ४२ रनको योगफल तयार पारेको थियो। पाँचौं विकेटका लागि कप्तान बाबर र अहमदले १ सय ३१ बलमा २ सय १४ रनको कीर्तिमानी साझेदारी गरेपछि नेपालसामु विशाल योगफल तयार पारेको हो। बाबर र अहमदको साझेदारी तोड्न नसक्नु नेपालका लागि हारको मुख्य कारण बन्यो।

बाबरले १३१ बलमा १४ चौका र ४ छक्का हान्दै १ सय ५१ रन बनाउँदा सोमपाल कामीको बलमा सन्दीप जोराको हातबाट क्याच आउट भए। बाबरले नेपालविरुद्ध आडिआइ करियरको १९ औं शतक पूरा गरे।नेपालविरुद्ध इफ्तिखार अहमदले १०९ रनमा नटआउट रहे। अहमदले ७१ बलमा ११ चौका र ४ छक्का हाने। अहमदले आफ्नो ओडिआइ करियरको पहिलो शतक पूरा गरेका हुन्। अहमदले ६७ बलमा १० चौका र ४ चौका मद्धतमा शतक पूरा गरेका थिए।तेस्रो विकेटका लागि बाबर आजम र मोहम्मद रिजवानले ८६ रनको साझेदारी गर्दै पाकिस्तानको इनिङस् उकासेका थिए। रिजवान २४ औं ओभरको चौथो बलमा सन्दीप लामिछानको बलमा दिपेन्द्र सिंह ऐरिको हातबाट ४४ रनमा रन आउट भए। सोमपाल कै बलमा सघाव खान ४ रनमा बोल्ड आउट भए।

पाकिस्तानविरुद्ध सोमपाल कामीले दुई विकेट झारे। करण केसी र सन्दीप लामिछानले समान एक विकेट लिए।सन्दीपले २८ औं ओभरको पाँचौं बलमा पाकिस्तानका अघा सलमानलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराउँदै पवेलियनको बाटो देखाए।करणले छैटौँ ओभरको तेस्रो बलमा ओपनर ओपनर फखर जमानलाई विकेट किपर आशिफ शेखको हातबाट क्याच आउट गराउँदै पवेलियनको बाटो देखाए।सोमपालले सातौ ओभरको पहिलो बलमा इमाम उल हकलाई कप्तान रोहित पौडेलले रन आउट गराउँदै नेपाललाई लगातार दोस्रो सफलता दिलाएका थिए।

मध्यम सुरुआत गरेको नेपालले बाबर र अहमदको साझेदारी तोड्न नसक्दा विशाल योगफल पाएको हो।ओडिआइ वरियताको शीर्ष टोली पाकिस्तान सामु कमजोर फिल्डिङ गरेको नेपालले मध्यम सुरुआत गरेपनि साझेदारी तोड्न नसक्दा दबाबमा आएको थियो।नेपालका ललित राजवंशीले आफ्नो स्पेलमा ४८ रन दिए। सन्दीप लामिछानेले १० ओभरमा ६९ रन खर्चेर एक विकेट लिए। सोमपाल कामीले १० ओभरमा १ मेडन राख्दै ८५ रन दिदा २ विकेट लिए।
गुलसन झाले ४ ओभरमा ३५ र कुशल भुर्तेलले १ ओभरमा १० रन खर्चिन पुगे। दिपेन्द्र सिंह ऐरिले ६ ओभरमा ४० रन दिदा करण केसीले ९ ओभरमा ५४ रन दिएर १ विकेट आफ्नो नाममा गरे।

Comments

सम्बन्धित खवर