•  २६ बैशाख २०८१, बुधबार
  •  2:46:26 AM

नेपालविरुद्ध पाकिस्तानको विस्फोट ब्याटिङ, जितका लागि ३४३ रनको विशाल चुनौती

- भाद्र १३, २०८० मा प्रकाशित


काठमाडाैं । कप्तान बाबर आजम र इफितखार अहमदको विष्फोटक ब्याटिङमा एसिया कपमा पाकिस्तानले नेपालसामु ३ सय .. रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

मुलतान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको घरेलु टोली पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ४२ रनको योगफल तयार पारेको हो। नेपालले ओडिआइमा पाएको यो सबैभन्दा विशाल लक्ष्य हो।

पाँचौं विकेटका लागि कप्तान बाबर र अहमदले २ सय १४ रनको साझेदारी गरेपछि नेपालसामु विशाल योगफल तयार पारेको हो। बाबरले १३१ बलमा १४ चौका र ४ छक्का हान्दै १ सय ५१ रन बनाउँदा सोमपाल कामीको बलमा सन्दीप जोराको हातबाट क्याच आउट भए। बाबरले नेपालविरुद्ध आडिआइ करियरको १९ औं शतक पूरा गरे।

Comments

सम्बन्धित खवर