•  २२ बैशाख २०८१, शनिबार
  •  5:06:52 AM

कोशी प्रदेश सभाको चालु तेस्रो अधिवेशन अन्त्य, बजेटसम्बन्धी अर्को अध्यादेश ल्याउने तयारी

- भाद्र ७, २०८० मा प्रकाशित


काठमाडौँ । कोशी प्रदेश सभाको चालु तेस्रो अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले गए राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को हिजो बेलुका बसेको बैठकले तेस्रो तथा हिउँदे अधिवेशन अत्यका लागि प्रदेश प्रमुख खापुङसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।अधिवेशन अन्त्य गरी प्रदेश सरकारले तत्कालीन हिक्मतकुमार कार्की नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको चालु आर्थिक वर्षको बजेट फिर्ता गरी बजेटसम्बन्धी अर्को अध्यादेश ल्याउने तयारी गरेको छ ।

तर, मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्ष इस्राइल मन्सुरीको भोटले लिएको विश्वासको मतविरुद्धमा प्रमुख प्रतिपक्षी दल एमालेका नेता हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा हिजो रिट निवेदन दायर गरेका छन् । सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएर आजका लागि पेसी तोकिएको छ ।

1 6

 

 

Comments

सम्बन्धित खवर