•  २३ बैशाख २०८१, आईतवार
  •  9:44:20 AM

डिजिटल पेन्ट्सको ” डिजिटलको हर्ष, उपहारकाे वर्षा योजना सार्वजनिक”

- भाद्र ७, २०८० मा प्रकाशित


इटहरी । नजिकिएको चाडपर्व सँगै तपाइ आफ्नो घरलाई रंग रोगन गरी चिटिक्क बनाउन चाहनुहुन्छ ? यदि त्यसो हो भने डिजिटल पेन्ट्सका उत्पादन खरिद गरी मौकाको फाइदा उठाउन सक्नु हुनेछ । डिजिटल पेन्ट्सले बजारमा ल्याएको छ लोभलाग्दो उपहार योजना । यस योजना अन्तर्गत अब ग्राहकहरूले रु एक लाख रूपैया देखी डेल ल्यापटप सम्म प्राप्त गर्न सक्ने जनाइएको छ ।

उपहार योजना अन्तर्गत प्रतेक रु ५० हजार सम्मको डिजिटल पेन्ट्स खरिद गर्दा एक थान स्क्रयाच कुपन पाइनेछ ।त्यस्तै २ थान स्क्रयाच कुपन बराबर एक आकर्षक ब्याग प्राप्त गर्न सकिने छ । उक्त कुपनमा पेन्ट्सले बम्पर उपहार योजना रु 1 लाख समेत राखेको छ । कुपनमा डेल ल्यापटप , ३२ इन्च एलइडी टिभी ,फ्रिज,र सान्त्वनामा भित्ते घडी समावेश गरिएका छन् ।

पहिलो उपहार स्वरूप एक थान डेल ल्यापटप राखिएको छ भने दोस्रोमा ३२ इन्चको एलइडी टिभी , तेस्रोमा फ्रिज ,चौथोमा सान्त्वना १५ जनालाई भित्ते घडी राखिएको छ । त्यस्तै पेन्टसले बम्पर अफरमा भने रु एक लाख को पुरस्कार राखेको छ ।

आम उपभोक्ताहरूबिच लोकप्रिय बन्दै गएको पेन्ट्स पूर्वको विभिन्न सहरहरूमा ८० भन्दा धेरै डिलरहरू मार्फत बिक्रिबितरण गर्दै आइरहेको छ ।
कम्पनीले ७ वर्ष वारेन्टी रहेको बाहिरी इमल्सन सहित २ रेन्ज, भित्री इमल्सन ३ रेन्ज, बाल प्राइमर ४ रेन्ज, इनामेल/ काठ प्राइमर, गजुर गोल्ड पेन्ट्स , वाल पुट्टी तथा डिसेम्बर लगायतका उत्पादनहरू रहेका छन् ।

जर्मन प्रविधिमा आधारित, नेपालको पूर्वी क्षेत्रलाई रङ्गमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ उत्पादन सुरु गरेको डिजिटल पेन्ट्स ले स्थापनाकालको छोटो समयमा नै आफ्नो विशिष्ट स्थान हासिल गर्न सफल भएको छ ।

Comments

सम्बन्धित खवर