•  २७ बैशाख २०८१, बिहीबार
  •  8:18:20 AM

फिफा महिला विश्वकप : आज क्वार्टर फाइनलका अन्तिम दुई खेल

- श्रावण २७, २०८० मा प्रकाशित


काठमाडौं । फिफा महिला विश्वकप फुटबल अन्तर्गत आज (शनिबार) क्वार्टर फाइनलका अन्तिम दुई खेल हुँदैछन् ।
नेपाली समयअनुसार दिउँसो पौने १ बजे सनकर्प स्टेडियममा शुरु हुने खेलमा घरेलु टोली अस्ट्रेलिया र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ ।

दिउँसो सवा ४ बजे स्टेडियम अस्ट्रेलियामा इङ्ल्याण्ड र कोलम्बिया आमनेसामने हुनेछ । यसअघि शुक्रबार भएका खेलमा जित निकाल्दै स्पेन र स्वीडेन सेमिफाइनलमा पुगेका छन् । सेमिफाइनल खेल अगष्ट १५ र १६ मा हुनेछन् ।

Comments

सम्बन्धित खवर