सर्लाहीमा युवकको हत्या : टाउको मात्र भेटियो, शरीर खोज्दै प्रहरी
- श्रावण २५, २०८० मा प्रकाशित
सर्लाही । सर्लाहीमा एक युवकको हत्या भएको छ । शरीरबाट अलग गरेको अवस्थामा युवकको टाउको मात्र फेला परेको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका–४ स्थित लखन्देही खोला किनारमा बिहीबार बिहान करिब ८ बजे शरीर बिनाको टाउको मात्र फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए ।
‘घाँटीमा धारिलो हतियारले काटेर छिनाएको अवस्थामा टाउको मात्रै फेला परेको छ । हामी त्यो टाउकोबाट छुट्याइएको शरीर खोजिरहेका छौँ’, डीएसपी पञ्जियारले भने, ‘जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय हरिवनबाट गएको प्रहरी टोलीले अहिले घटनाको प्रकृति मुचुल्का तयार गरिरहेको छन् ।’
स्थानीयले पुलमुनि शरीर बिनाको मान्छेको टाउको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शवको सनाखत गर्ने प्रयास गरिरहेको छ । ‘अहिले एसपी साप (नरेशराज सुवेदी) आफै मलंगवाबाट घटनास्थलमा पुग्नुभएको छ’, उनले भने, ‘इलाका प्रहरी कार्यालय हरिवनबाट पनि इन्सपेक्टर शिवराम थापाको कमाण्डमा प्रहरी टोली घटनास्थलमै छन् ।’
अन्दाजी २५ वर्षको जस्तो देखिने युवकको भर्खरै हत्या भएको जस्तो देखिने प्रहरीले जनाएको छ । ती युवकले हल्का दाह्री पालेको जस्तो देखिएको प्रहरीले जनाएको छ । युवकको हत्या सोही ठाउँमा भएको हो वा अन्यत्र हत्या गरेर टाउको मात्रै फालिएको हो, अनुसन्धानपछि मात्रै खुल्ने डीएसपी पञ्जियारले बताएका छन् ।
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
-
ताजा बैशाख १८, २०८१एमालेको कान्छो सांसद बनेर पूर्णकालीन राजनीतिमा सुहाङको शानदार ‘इन्ट्री’
Comments